फगत यथार्थ होकी पतझरको पात जसलाई व्यक्तिले
गन्दैन,प्रकृतीले पुज्दैन, बायुले जब ती रुखो,
मृतघोसित, अवमंचित, अवमुल्यित ठुलो बेगले
घिसारेर, लडाएर, पछारेर कपासको रुई सरि
भौतारिदै, आकासिदै, गोलचक्कर अज्ञात
गन्तब्यतर्फ़ बिमुख कठै ती निर्जीव, निस्तॆज,
निरस, निस्फिक्री अन्तत भूमिमा एकाकार
ती प्रकृतिरुपी जननी सृजन गर्छिन अर्को चक्कर
जुन कैले सकिदैन,मेटिदैन, मासिदैन, रुक्दैन
- आकासका ग्रह जस्तै वाचाल, घुम्दै, फिर्दै,
गोलाकार, नित्य, निर्भिक यात्रा जसको कुनै
अन्त्य छैन,सिमा छैन, डोर छैन, उत्तर छैन|
कर्कलाको पानि जस्तै चमकदार, निराकार,
चंचल पद्मिनी ती पानीका पद्दमिनी आकारमा
छन् गोल - सौन्दर्य, सितल,योवन, दर्पण,
चितवन नदीका ती सुमन |
Other Poems
वान वे
No comments:
Post a Comment