Wednesday, December 19, 2012

त्रिभुवन अन्तरास्ट्रिय विमानस्थल काठमाडौँ नेपाल समस्या र समाधान


नेपाल छिर्ने कुनै पनि देशी विदेशी यात्रुको प्रथम गन्तव्यस्थल हो काठमाडौँ स्थित त्रिभुवन अन्तरास्ट्रिय विमानस्थल | यथार्थमा भन्नु पर्दा नेपाल छिर्ने एकमात्र विमानस्थल हुनुनै यसको पहिचान र समग्रमा भन्नु पर्दा यसको बिसेषता हो ,यद्यपि एउटा नेपाली भएर यसको दुर्गुणहरुको बारेमा चर्चा गर्नु पर्दा मलाई खुशी भन्दा दुख बढी लागिरहेको छ | समाजको वर्ग संघर्ष एवं परिवर्तन प्रति बिश्वाश गर्नु हुने पाठकहरुले यो लेखलाई यस विमानस्थलप्रतिको मेरो बित्रिष्णा भन्दा पनि यसको उन्नतिप्रतिको मेरो व्यक्तिगत चाहना एवं यहाँ स्थित विसंगति हटाउने एउटा प्रयत्नको रूपमा लिइदिनुहुनेछ भन्ने आशा गर्दछु |

सन् २००८ डिसेम्बर मेरो जापानको पहिलो यात्रा, नेपाल बन्दको हल्लाले गर्दा निकै कस्टका साथ् एयरपोर्ट आइपुगियो | नेपाली मौलिकता झल्काउने आँखीझ्याल भएको काठको जस्तो देखिने गेट निकै सान्धर्विक लाग्यो, टिआइए संगको पहिलो भेट निकै राम्रो भयो, अलिक भित्र पुगेपछि केहि सिपाहीहरुले मेरो फुफु र दिदीलाई भित्र जान मिल्दैन, आमाबाबु मात्र जानु भने, उदेक लाग्यो नियम होला भनेर चित्त बुझाए, उता अरु ट्याक्सीहरु भने निर्धक्क भित्र गईरहेका थिए,अलिक भित्र पुग्दा फेरी भिन्दै परिवेश पाए, मैलो लुगा लगाएका प्रहरीका सिपाहीले पासपोर्ट हेरेपछि भित्र छिर्न दिए, भित्र पट्टिको भद्रगोलमा हात बाँधेर गमक्क परेर हिडिरहेका कर्मचारीहरु देखिन्थे मानम स्वर्गरुपी यस इन्द्रप्रस्तका युधिस्ठिर यिनै हुन् | पहिलोचोटी विदेश जान लागेकोले खासै छक्क त परिन त्यहिपनि टिकेट चेकइन गरेर इम्मिग्रेशनतिर लागियो | अधबैसे कर्मचारीहरुले भरिएको एउटा ठाउँ पुगियो, कागजहरु छरपस्ट थिए र लेख्ने कलमको कुनै बन्दोवस्त थिएन, एकछिन पछि सेक्युरिटी चेकमा पुगियो, त्यहाँका प्रहरीहरु मानों सताब्दी देखि कहिले हाँसेका थिएनन्, झर्किएर केहि प्रस्न सोधे र जान दिए | बोर्डिंग गर्ने ठाउँ निकै सानो थियो र मान्छेहरु धेरै, रेस्टरुम जानु पर्यो भनेर भित्र गको त एकछिन त झसङ्ग भए | देशको एक मात्र अन्तरास्ट्रिय विमानस्थलको रेस्टरुम कुनै फोहोर फाल्ने कन्टेनर जस्तै थियो, पर्यटकहरु नाक थुन्दै बाहिर निस्किदै थिए.

जसो तसो जहाज उड्यो र पुगियो कोरिया, टिआइएबाट कोरियाको इन्चियोंन एयरपोर्ट पुगेपछि अनुभूति भयो एयरपोर्ट यस्तो पो हुने रैछ, मित्रवस कर्मचारी, हसिला प्रहरी र सफा एवं व्यवस्थित रेस्टरुम, मानम म कुनै स्वर्ग पुगेको थिए | त्यहाँबाट जापानको साप्पोरो एयरपोर्ट पुगियो त्यहाँ पनि उही व्यवस्थित परिवेश र फरासिला कर्मचारी | त्यसबेला मलाई अनुभूति भयो कि टिआइएको समस्या निकै गम्भीर रहेछ र यसले सम्पूर्ण देशकै प्रतिस्ठामा आंच पुर्यायिरहेको छ | समय बितेर सन् २०१० पुग्दा पढाई सकेर जापानबाट नेपाल फर्किनलागे, फर्किदाको अनुभब अझै खराब रहयो, अध्यागमनको कर्मचारीको नमिठो बोलि सुन्दै आफ्नो देश पस्नु पर्यो त्योपनि बिना कुनै कसूर | नेपालमा बस्दा त्यस्तो कुनै महिना हुदैनथ्यो जब टिआइएको खबर सुन्नु परेन होला, कहिले कर्मचारीको चोरी र भ्रस्टाचार त कहिले प्रहरीको तस्करी, कहिले यात्रुहरुको सास्ती त कहिले बिदेसिहरुको गुनासो, समय यसरिनै बितिरहयो तर टिआइएमा परिवर्तन आएन | समय बितेर सन् २०११ पुग्यो र म फेरी टिआइएमा आइपुगे, पढ्नलाइ भनेर अमेरिका जान लागेको थिए, यसपाली भने गेट फेरिएको थियो कतैबाट पनि कुनै मौलिकता नझल्किने, हनुमानको मुर्तिमा लगाइने रंगको अनाकर्सक गेट बनाइएको थियो | भित्रपट्टी पुग्दा फेरी पनि त्यहाँ अवस्थित खराब आचरण भएका प्रहरीको हप्काई खानु पर्यो, यस पाली चै पहिला जस्तो आफन्तलाई गेटमा रोकेनन्, किन होला ? यसको उत्तर मसंग छैन | सौचालय जस्ताको त्यस्तै, बोर्डिंग गर्ने ठाउँ त्यस्तै साँगुरो, अध्यागमनमा पहिला जस्तै अधबैसे कर्मचारी, प्रहरी पहिला जस्तै अमिजासिला | समय मात्र परिवर्तन भयो तर टिआइएमा केहि परिवर्तन आएन गेट बाहेक, अहिले पनि घर फर्किने सोचे भने सुरुमा मगजमा आउछ त्यहि टिआइए |

यो त भए समस्या मात्र अनि समाधान के त ? समस्या बाट भागेर अथवा समस्यालाई नजरअन्दाज गरेर कुनै समस्याको समाधान हुदैन, यो एउट ध्रुब सत्य हो तर संगसंगै बास्तविकता के पनि हो भने समस्या एकदम जटिल छ र समाधान सरल छैन | वास्तवमा टिआइएको समस्या एउटा एयरपोर्टको मात्र समस्या हैन यो समस्या त हामी भित्र लुकेर रहेको मानबिय स्वभाबको हो जुन छ हाम्रो समाजमा, हाम्रो संस्कारमा र समस्याको समाधानको मूल पाटो भनेकै हाम्रो समाजको परिवर्तन मात्र हो | समाज ले व्यक्ति उत्पन्न गर्दछ र व्यक्तिले बिचार र साथसाथै आचार, संस्कार, नैतिकता, जवाफदेहिता र कर्तब्यनिस्ठा पनि | बैज्ञानिक रुपमा पनि समाज गतिशील हुन्छ र पृथ्वीको भुगर्व जस्तै यसले पनि काँचुली फेरी रहन्छ | बिचारमा परिवर्तनले समग्र रुपमा समाजमा रहेका विसंगतिलाई प्रहार गर्दछ, टिआइएको समस्याको समाधानको एउटा कडी यहि नै हो | हुनत बिचार व्यक्तिमा हुने कुरा भयो तदनुरूप खराब आचार भएका कर्मचारी र प्रहरी लाई कारवाही गरेर पनि केहि रूपमा टिआइएको समस्या समाधान गर्न सकिन्छ तर यो समाधान दिर्घकालिन हुन सक्दैन किन भने मानबिय स्वभाब भनेकै यस्तो हुन्छ जुन जति दबायो त्यतिनै भड्किने सम्भावना रहन्छ त्यसैले टिआइएको समस्या भनेको हाम्रो समाजकै समस्याको एउटा पाटो हो र मेरो बिचारमा यो यथास्थितिमा समाधान हुन सक्दैन | समाजको परिवर्तन नै यसको परिवर्तनको कडी हो |

भने पछि घुमीफिरी फेरी गोलचक्करमा पुगियो, यो प्रस्नको समाधान पनि प्रश्नैमा रहयो त ?

बैज्ञानिक रुपले बिस्लेषण गर्दा पनि परिवर्तन नभई नहुने चिज भएकोले टिआइएको स्वरुप परिवर्तन पनि अन्ततग्यत हुनुनै छ यद्यपि कुनै पनि परिवर्तनको लागि आधारसिला तयार हुनु जरुरि छ, नेपालमा पनि त्यसको आधारसिला तयार हुने अवस्थामा छ, सामाजिक, राजनैतिक एवं सांस्कारिक परिवर्तनको, केवल समय मात्र धेरै लागिरहेको छ | भनिञ्छ दियो निभ्ने बेलामा अत्याधिक मात्रामा बल्ने गर्दछ, सोहि नियमानुसार परिवर्तनको अहिलेको घडीमा हाम्रो देशमा पनि समस्याको चांग थुप्रिएको अवस्ता हो | यहि चांग मा पर्दछ टिआइए |


Other Articles

साला यो नेताहरुले गर्दा डिप्रेसन जस्तो खतरा रोगनै लागिसक्यो
अमेरिकामा रहेका भुटानी नेपाली

No comments: