Showing posts with label वान वे. Show all posts
Showing posts with label वान वे. Show all posts

Monday, December 24, 2012

वान वे


अतीतका सम्झना,  बिराटनगरको बाल्यकाल,    काठको घर,
सहिदमैदानको क्रिकेट, जलजलाको हिन्दि फिल्म, साउने झरी,
हिलाम्मे रिजालबारी, काली कुकुर्नी, काँचो आपको चोरी,
खद्राको अँध्यारो, खड्डाको माछामारी, बंगालीदादाको चट्पटि,
पेरेभुको सैलुन, पाउनको पसल, सिङग्यामा पौडी,
दशैंको पर्खाई, कालिमंदिरको दर्शन, मामाघरको बसाइ,
सेन्ट जोसेफ स्कुल, एडोल्फ सर, मुलघाटको पिकनिक,
यसयलसीको डर, बिज्ञानको पढाई, बिराटनगरको बिदाइ,
काठमाडौँको यात्रा, बानेश्वरको बसाई, पुल्चोकको हिडाई,
धुलाम्मे सडक, फोहोरको डङ्गुर, टाइफाइडको संक्रमण,
एण्ट्रान्सको असफलता, इंजिनीयरिंगको सिक्षा,
चार बर्से घोकाइ, कपनको बास, एक्जामको त्रास,
रिसल्ट्को पर्खाई, भक्तपुरको जात्रा, जापानको यात्रा,
टिआइएको भद्रगोल, कर्मचारीको व्यवहार, बोइङ्गको सफर,
वाक्कनाईको चिसो, समुद्रको हावा, टोक्योको यात्रा,
काँचो माछा, नेपालको फर्काई, डिटुको जागिर,
टिम बिल्डिंगको रमझम, बन्जीको रोमान्च,
अमेरिकाको सपना,टोफेल र जिआरइ, लस वेगासको रोजाइ
युनयलभीको पढाई, मस्तको घुमाई !

Other Poems
पाषाण