Tuesday, July 07, 2009

Dashain Ashirwad दशै आशिर्वाद

केटाहरुको दशै आशिर्वाद र अर्थ

आयुर द्रोणसुते श्रीयं दशरथे सत्रु क्षयम राघवे । ऐश्वर्यं नहुशे गतिस्च पवने मानं च दुर्योधने । सौयेर्म शान्तनबे बल हल धरे सत्यम चः कुन्तीसुते । बिज्ञान बिदुरे भवन्तु भवताम क्रिश्तिंचा नारायणे !

द्रोणको छोरा अश्वश्थामा को जस्तै लामो आयु होस् । दशरथको जस्तै श्रेय पाइयोस् । रामचन्द्रले जस्तै शत्रुलाई नाश गर्न सकियोस् । नहुस राजाको जस्तै ऐश्वर्य होस्, पवनको जस्तो गति होस्, दुर्योधनको जस्तो मान-मर्यादा कमाइयोस् । सूर्यका छोरा कर्णजस्तो दानी हुनु, हलोधारी बलरामजस्तै बलवान् हुनु, कुन्तीको छोरा ले जस्तै सत्य बोल्नु । विधुरजस्तै ज्ञान-विज्ञान, शास्त्र बुझेको हुनु, भगवान नारायण को जस्तै र्कीति हासिल गर्नु !


केटीहरुको दशै आशिर्वाद र अर्थ

जयन्ती मंगलाकाली भद्रकाली कपालिनीदुर्गाक्ष्यमा शिवाधात्री स्वाहास्वधा नमस्तुते ! जयन्ती मंगलाकाली भद्रकाली कपालिनी दुर्गा क्षमा शिवधातृ स्वहा स्वधा भनेको देवीका नामहरु हुन् जसलाई मन्त्रमा म नमस्कार गर्छु भनिएको छ ।