Showing posts with label केटीहरुको दशै आशिर्वाद. Show all posts
Showing posts with label केटीहरुको दशै आशिर्वाद. Show all posts

Tuesday, July 07, 2009

Dashain Ashirwad दशै आशिर्वाद

केटाहरुको दशै आशिर्वाद र अर्थ

आयुर द्रोणसुते श्रीयं दशरथे सत्रु क्षयम राघवे । ऐश्वर्यं नहुशे गतिस्च पवने मानं च दुर्योधने । सौयेर्म शान्तनबे बल हल धरे सत्यम चः कुन्तीसुते । बिज्ञान बिदुरे भवन्तु भवताम क्रिश्तिंचा नारायणे !

द्रोणको छोरा अश्वश्थामा को जस्तै लामो आयु होस् । दशरथको जस्तै श्रेय पाइयोस् । रामचन्द्रले जस्तै शत्रुलाई नाश गर्न सकियोस् । नहुस राजाको जस्तै ऐश्वर्य होस्, पवनको जस्तो गति होस्, दुर्योधनको जस्तो मान-मर्यादा कमाइयोस् । सूर्यका छोरा कर्णजस्तो दानी हुनु, हलोधारी बलरामजस्तै बलवान् हुनु, कुन्तीको छोरा ले जस्तै सत्य बोल्नु । विधुरजस्तै ज्ञान-विज्ञान, शास्त्र बुझेको हुनु, भगवान नारायण को जस्तै र्कीति हासिल गर्नु !


केटीहरुको दशै आशिर्वाद र अर्थ

जयन्ती मंगलाकाली भद्रकाली कपालिनीदुर्गाक्ष्यमा शिवाधात्री स्वाहास्वधा नमस्तुते ! जयन्ती मंगलाकाली भद्रकाली कपालिनी दुर्गा क्षमा शिवधातृ स्वहा स्वधा भनेको देवीका नामहरु हुन् जसलाई मन्त्रमा म नमस्कार गर्छु भनिएको छ ।