Saturday, October 22, 2011

२०६८ कार्तिक ! एक रात्री कालिमाटीमा

अतितका तिता मिठा अनुभवहरु आज मेरो मानासपलटमा सागरको छालसरी कलाबाजी खेलिरहेको छ , सायद त्यसैले होला हातमा कलम समाई मध्यरातको यस चकमन्न समयमा मनका खुल्दुलिहरु बिसर्जीत गर्न यी औलाहरु तम्सिरहेका छन् । २६ बर्ष बितेको पटक्कै भान भएन यद्यपी बितेका समयको एक छ्यण पनि मलाई यसरि कागज कोर्न मन लागेको चेतना थिएन । आज एक्काशी लेख्न मन किन आतुर भईरहेको छ ? सायद बिगतको बेदनाले होकी आउदो भविस्यको उराठलाग्दो त्राशले कागजमै दुइ शब्द लेखेर भए पनि मनको बिरहलाई पोख्न आतुर छ यो मन ।

हेर्दा हेर्दै समयले फास्ट फार्वर्ड गरेको छ. गत महिना आइरन बिग्रेर सुरु भएको यो सिलसिला मेरो आइपड हुदै अहिले ल्याप्तोप सम्म पुगेको छ । समय व्यतित गर्न निकै गार्हो हुदो रहेछ, त्यहिपनि मनमा जे आउँछ त्यहि लेखेर समय व्यतित गरिरहेको छु । अहिले कागज र कलमले वर्ड र कम्प्युटरलाई बिर्सायेका छन् छ्यनिक भरको लागि भएपनि । मन ननै अध्यात्ममा लाग्छ ननै भौतिकवादतिर । मन बैराग्गियेर हावामा कसिंगर उडेझैँ अज्ञात गन्तव्यतिर रुमल्लियिरहेको छ । अब बल्ल बुझे जस्तो लाग्छ किन मन र मस्तिकछलाई देउतासंग तुलना गरिएको । निराश, निकम्मा, अकर्मन्य, अनाकर्सक यो सुस्तरी सास फेरिरहेको जीवन खोक्रो दम्ब देखाएर भएपनि आफ्नो गन्तब्य खोजि रहेको छ, भुलीरहेको छ, मानौ प्रसन्न मुद्रामा स्वयम् नारायण आउनेछन् अगाडी अनि दिने छन् मुफ्तमा तिन बरदान । हुनत नारायण पनि पावर भएकै देउता हुन् । त्रेता युगमा राम बनेर रावणलाई तह लगाए भने द्वापर युगमा कृष्ण बनेर कंशलाइ तर कलियुगमा यिनलाई हम्मे हम्मे परे जस्तो छ त्यसैले नेपालमा हाल दुइ वटा अवतार लिएका छन् । एकातिर शितल निवासमा उनै राम, उतातिर सिंघदर्बारमा त झन् बाबुराम र ब्याकअपमा पशुपतिनाथ ।

मनको खुल्दुली पानामा उतार्न ल्याप्तोपले त साथ् दिएननै भाग्यले पनि साथ नदेला जस्तो छ. एक पलमा मेरो कोठाको उज्यालो अध्यारोमा परिणत हुन पुगेको छ. निकै बेरपछि आभाष भयो यो त मेरो दिनचर्याको एक अभिन्न अंग बन्न पुगेको लोडसेदिंग पो रहेछ. कोठामा उज्ज्यालो हरायेजस्तै छ्यनिक रुपमा मेरो सुद्धिपनि हराएछ. अध्यारोमा छामछाम छुम छुम गर्दै मैनबत्ती खोज्न लागे, बल्लतल्ल भेटेपछि फेरी कागजमा देशको सरकारप्रतिको घृणा पोख्न पन लाग्यो see poisoned ethics तर आवेशलाई थामेर आफ्नै स्वप्नासंसारतिर लागे । सडकका कुकुरहरुको भुकाईको निरन्तर आवाज आईरहेको थियो मनमा लाग्यो यी कुकुरहरु मध्येरातको समयमा पनि हाम्रो टोलको सुरक्छ्याको निमित्त तम्तयार छन् । आफ्नो कर्तब्य प्रति कति धेरै निष्ठा यिनीहरुको । सायद हाम्रो देशको नेताहरु पनि कुकुर भईदिएको भए देश कति सुरक्छित हुन्थ्यो होला । फेरी प्रसङ्ग आफ्नै समस्यातिर मोडिएको छ । ग्यास सकिएको पनि दुइ हफ्ता भईसक्यो, कालिमाटीको फोहोर रेस्तुरेन्टमा दिगमिग मान्दै खाएको पनि हफ्तौ भईसक्यो,जहिले सोधेपनि पसलेले ग्यास छैन मात्र भन्छ । कोठाको बाल्टिन रित्तै छन्,आज रातीत पानि औछा कि र भरुम । कुनातिर मिनेरल वाटरका खाली बोतलहरु प्रसन्न मुद्रामा मलाई चिढयाईरहेका छन् ,मैला लुगाहरु काठमाडौँको फोहोरको राससरि थुप्रिएका छन् । यो हफ्ता त जसरिपनि दिदीको घरमा सबै लुगाहरु धुन लैजानेछु. त्यतिकैमा मोबाइलको रिंगको आवाज गुन्जियो । घरबाट फोन आएको रैछ । फोन उठाए उताबाट हेलो भनेको सुनियो त्यसपछि केहि आवाज नसुनिएको जस्तो नबुझिने आवाज आयो, कोठामा केहि बेर हेलो हेलो सब्दको आवाज सुनिरहयो मानौ म ठुला ठुला स्वरमा अंग्रेजी सब्दहरु उच्चारण गरिरहेको थिए । त्यस पछी फोन कट्यो । सरकारी नेटवर्कलाइ सराप्न मन लग्यो फेरीपनि मन संभाले आफैभित्र गुम्सायिराखे । एक्काशी कोठाको बिजुली आयो । सियफलको प्रकाश संगै मेरो मस्तिक्छ पनि एकोहोरो भएको भाव भयो. दायाँ बायाँ यत्रतत्र सर्वत्र समस्याको भुमरीमा छु जस्तो लाग्यो. कताबाट सुरु गरुम समस्या सुल्झ्याउँन अत्यन्तै गार्हो होला जस्तो छ बरु एकछिन को लागि भए पनि मस्तिक्छ खालि बनाउछु, सुत्छु बरु फेरी मध्येरातमा नेपाल खानेपानीको बोलावा आउँछ, एकछिनको लागि भए पनि सुकुन गन्छु, कलम बिसाँउछु।

1 comment:

Lava Kafle said...

wowow great great article great