Showing posts with label बिशाल आचार्य. Show all posts
Showing posts with label बिशाल आचार्य. Show all posts

Saturday, June 02, 2012

साला यो नेताहरुले गर्दा डिप्रेसन जस्तो खतरा रोगनै लागिसक्यो


हेर्दा हेर्दै यी नेताहरुले संविधानसभा पनि भंग गरेरनै छाडे । मुलुकला जैलेपनि भुमरी मा जाकेर आफ्नो टपरी भर्ने यी नेताहरुको अभिप्राय यसपाली पनि उदांगो भएको छ ।  के के न होला भनेर २०६२/६३ को आन्दोलन मा नाराबाजी लगायियो ? आखिर यहि नै हुनु थियो । वाक्क दिक्क लागेर नेपालमा कैले केहि नहोला जस्तो भएर विदेशतिर लागियो । जैले समाचार हेर्यो उही नेताहरुको गन्थन मात्र. लाग्छ कि यो देशमा यी फटाहा नेताहरु बाहेक अरु केहि पनि छैन । बिषेश खबर जैले पनि झगडा एक अर्का प्रति बिष बमन ।  न कुनै आर्थिक खबर न नै बिकास निर्माणका प्रसंग. घिनलाग्दो त्यहि पुरानो नेताहरुको अनैतिक बिचार र फोहोरी अनुहार । आज त केहि नयाँ समाचार होला भनेर पत्र पत्रिका खोल्यो उही दुई दुई ठाउँ चुनाब हारेको माधब नेपाल अर्का फेरी चुनाब हारेका तर भाग्य खुलेर कांग्रेश सभापति हुन पुगेका ८ क्लास पढेका अर्ध-सिक्षित सुशील कोइरालाको  भाषण, रमाइला कुरा गर्न माहिर तर जैले झुट को खेति गर्ने हाम्रा महान माओबादी अध्यक्ष श्री पुष्प कमल दाहालका जनतालाइ फेरी बेवकुफ बनाउने प्रसंगहरु । के यी व्यक्ति हरु मात्र हुन् नेपाली हरु को भाग्य मा ? कैले सम्म हामिहरुले यिनीहरुलाई सहनु पर्ने ? कैले सम्म यिनीहरु नै सर्वोपरी रहने ?  कैले सम्म हामीले दिनको सुरुवात यिनीहरुको अनुहार हेरर सुरु गर्नु पर्ने ? के नेपालमा नैतिकताको खडेरी लागेकै हो त ? कैले सम्म डिप्रेसन मा रही रहने हामी नेपाली जनताहरु ?

लोकतन्त्रको
स्थम्ब भनिने प्रेसको पनि कम हात छैन हामीलाई यो रोग सराउनमा भलै नेता भनाउदाहरु यसको जननी किन न  हुन् । हुन त २०६२-६३ तिर एक जना साथी ले मलाई भन्थियो नेपाल को उन्नति हुने वाला छैन तर आफु परियो आशावादी मान्छे, सोचिएको थियो कि नयाँ सामाजको बिकाशक्रमको नयाँ अध्याय सुरु भयो नेपालमा पनि तर अहिले आएर त्यो आशा को किरण बुझेर विकिरण मा परिणत भएको छ राम्रो को त के आशा गर्नु नराम्रो मा पनि संसार मै रेकर्ड कायम हुन पुगेको छ अहिले मेरो देश नेपाल ।

मैले त आशा मारी सके
९ अर्ब खर्चेर के के न गर्लान भनेर अर्ध सिक्षित, अनपढ, चुनाब हारेका, अनेकौ अपराध एवं भ्रस्टाचार मा लागेकाहरुलाई पनि स्थान दिएर संविधानसभा बनायोउ, अन्त्य मा हात्ती आयो हात्ती आयो फुस्सा । पैसा को त कुरा छाडीदिम, चार चार बर्ष अमुल्य समय खेर गयो, त्यो बितेको समय कसरी फर्काउने ? देश कति पछाडी धकलियो ? छ उत्तर कोइ नेताहरु संग ? एक त संसार कै सबै भन्दा गरिब भनाउदो मुलुक, त्यो समय कति मुल्यवान बन्न सक्थियो होला यदि राम्ररी सदुप्रयोग गर्न सकिएको भए ।

मेरो व्यक्तिगत बिमति नेताहरु संग मात्र हैन, नेपाली जनता प्रति पनि छ, देशको बर्तमान परिस्थितिको जिम्मेवारी हामी आफुले लिनु पर्दछ । फेरी पनि आउनेछन उही चुनाब हारेका बरिस्ठ नेता भनाउदा ढुलमुले माधब नेपाल, अर्का
पुर्व चुनाब हारेका सभापति सुशील कोइराला, १७ चोटी हारेका तर प्रधानमन्त्रीको जप अहिले पनि नछाडेका रामचन्द्र पौडेल, जनता ठगेका प्रचण्ड, धमिलो पानि पारेर अपराध को खेति गर्ने के पी ओली, बिचारको खडेरी परेका एवं बारम्बार पार्टी बिसर्जन गरेका विजय गच्छादार, सुडान काण्डका नाइके भिम रावल तथा कृष्णप्रसाद सिटौला, देवी प्रसादको चड्कन चाखेका झलनाथ खनाल, रुबेलकि सासु सुजाता कोइराला, भ्रस्टाचारमा चुर्लुम्म डुबेका मधेसी नेताहरु एवं अरु पार्टीका नेतारुपी भेष ओडेका ब्वाँसोहरु । खबरदार नेपालीहरु  बिगतमा जस्तै यसपाली पनि यी ब्वाँसोहरुको जालमा फस्योउ भने नेपाल र नेपालीहरुको भबिष्य अन्धकार बाहेक केहि हुने छैन । यिनीहरु फेरी पनि झूटको खेति गर्न पक्कै आउने छन् यदि फेरी यिनीहरुनै चुनिने हुन् भने हाम्रो सन्ततिहरुले हामीलाई कहिले माफ गर्ने छैनन् ।

अहिलेको पृष्ठभूमि एवं बिगतको कमीकमजोरीको समिक्षा गर्ने हो भने बास्तवमा जैलेसम्म हामी नेपालीहरुमा आफ्नो कर्मप्रति निष्ठा एवं व्यवहारप्रति नैतिकताको प्रस्फुटन हुदैन हाम्रो समाजको सुध्रिदिकरण एवं अग्रगमन सम्भब छैन। यो नै बिज्ञान हो नैतिकताको खडेरी परेको यस मुलुकमा अहिले एकलब्य, युधिष्ठिर, मर्यादा पुरुषोत्तम श्रीराम जस्ता अग्रजहरुको जीवनी बाट पाठ सिक्नु अपरिहार्य बनेको छ । देशको प्रारम्भिक स्कूलदेखि बिश्वबिध्यालयसम्मको पाठ्यक्रममा नैतिक शिक्षा जस्तो बिषय राख्नु निवर्तमान समस्याको समाधानमा एउटा कडी हुन सक्छ । हालको शिक्षा प्रणाली बाट हटाईएको यस बिषयलाइ पुनर्स्थापना गर्नु को विकल्प छैन ।

अन्त्यमा  देशको
अवस्था जस्तोसुकै भएपनि आफ्नो जन्मभूमि आफुलाई प्यारो नै हुदो रहेछ, मेरो लेख पनि एक आम नेपालीको आफ्ना नेताहरुप्रतिको बितृष्णा मात्र हो, उनीहरुले हामि माथि गरेको कुठाराघातको आक्रोश मात्र हो । नेताहरुको प्रसङ्ग सुन्नै मन नपर्ने यस समयमा पनि नेताहरुको बारेमा लेख्नु पनि आफैमा बिरोधावासपुर्ण हुनसक्छ, पाठकहरु ले यसको समालोचन गर्नु होला  । जय नेपाल ।

Saturday, October 22, 2011

२०६८ कार्तिक ! एक रात्री कालिमाटीमा

अतितका तिता मिठा अनुभवहरु आज मेरो मानासपलटमा सागरको छालसरी कलाबाजी खेलिरहेको छ , सायद त्यसैले होला हातमा कलम समाई मध्यरातको यस चकमन्न समयमा मनका खुल्दुलिहरु बिसर्जीत गर्न यी औलाहरु तम्सिरहेका छन् । २६ बर्ष बितेको पटक्कै भान भएन यद्यपी बितेका समयको एक छ्यण पनि मलाई यसरि कागज कोर्न मन लागेको चेतना थिएन । आज एक्काशी लेख्न मन किन आतुर भईरहेको छ ? सायद बिगतको बेदनाले होकी आउदो भविस्यको उराठलाग्दो त्राशले कागजमै दुइ शब्द लेखेर भए पनि मनको बिरहलाई पोख्न आतुर छ यो मन ।

हेर्दा हेर्दै समयले फास्ट फार्वर्ड गरेको छ. गत महिना आइरन बिग्रेर सुरु भएको यो सिलसिला मेरो आइपड हुदै अहिले ल्याप्तोप सम्म पुगेको छ । समय व्यतित गर्न निकै गार्हो हुदो रहेछ, त्यहिपनि मनमा जे आउँछ त्यहि लेखेर समय व्यतित गरिरहेको छु । अहिले कागज र कलमले वर्ड र कम्प्युटरलाई बिर्सायेका छन् छ्यनिक भरको लागि भएपनि । मन ननै अध्यात्ममा लाग्छ ननै भौतिकवादतिर । मन बैराग्गियेर हावामा कसिंगर उडेझैँ अज्ञात गन्तव्यतिर रुमल्लियिरहेको छ । अब बल्ल बुझे जस्तो लाग्छ किन मन र मस्तिकछलाई देउतासंग तुलना गरिएको । निराश, निकम्मा, अकर्मन्य, अनाकर्सक यो सुस्तरी सास फेरिरहेको जीवन खोक्रो दम्ब देखाएर भएपनि आफ्नो गन्तब्य खोजि रहेको छ, भुलीरहेको छ, मानौ प्रसन्न मुद्रामा स्वयम् नारायण आउनेछन् अगाडी अनि दिने छन् मुफ्तमा तिन बरदान । हुनत नारायण पनि पावर भएकै देउता हुन् । त्रेता युगमा राम बनेर रावणलाई तह लगाए भने द्वापर युगमा कृष्ण बनेर कंशलाइ तर कलियुगमा यिनलाई हम्मे हम्मे परे जस्तो छ त्यसैले नेपालमा हाल दुइ वटा अवतार लिएका छन् । एकातिर शितल निवासमा उनै राम, उतातिर सिंघदर्बारमा त झन् बाबुराम र ब्याकअपमा पशुपतिनाथ ।

मनको खुल्दुली पानामा उतार्न ल्याप्तोपले त साथ् दिएननै भाग्यले पनि साथ नदेला जस्तो छ. एक पलमा मेरो कोठाको उज्यालो अध्यारोमा परिणत हुन पुगेको छ. निकै बेरपछि आभाष भयो यो त मेरो दिनचर्याको एक अभिन्न अंग बन्न पुगेको लोडसेदिंग पो रहेछ. कोठामा उज्ज्यालो हरायेजस्तै छ्यनिक रुपमा मेरो सुद्धिपनि हराएछ. अध्यारोमा छामछाम छुम छुम गर्दै मैनबत्ती खोज्न लागे, बल्लतल्ल भेटेपछि फेरी कागजमा देशको सरकारप्रतिको घृणा पोख्न पन लाग्यो see poisoned ethics तर आवेशलाई थामेर आफ्नै स्वप्नासंसारतिर लागे । सडकका कुकुरहरुको भुकाईको निरन्तर आवाज आईरहेको थियो मनमा लाग्यो यी कुकुरहरु मध्येरातको समयमा पनि हाम्रो टोलको सुरक्छ्याको निमित्त तम्तयार छन् । आफ्नो कर्तब्य प्रति कति धेरै निष्ठा यिनीहरुको । सायद हाम्रो देशको नेताहरु पनि कुकुर भईदिएको भए देश कति सुरक्छित हुन्थ्यो होला । फेरी प्रसङ्ग आफ्नै समस्यातिर मोडिएको छ । ग्यास सकिएको पनि दुइ हफ्ता भईसक्यो, कालिमाटीको फोहोर रेस्तुरेन्टमा दिगमिग मान्दै खाएको पनि हफ्तौ भईसक्यो,जहिले सोधेपनि पसलेले ग्यास छैन मात्र भन्छ । कोठाको बाल्टिन रित्तै छन्,आज रातीत पानि औछा कि र भरुम । कुनातिर मिनेरल वाटरका खाली बोतलहरु प्रसन्न मुद्रामा मलाई चिढयाईरहेका छन् ,मैला लुगाहरु काठमाडौँको फोहोरको राससरि थुप्रिएका छन् । यो हफ्ता त जसरिपनि दिदीको घरमा सबै लुगाहरु धुन लैजानेछु. त्यतिकैमा मोबाइलको रिंगको आवाज गुन्जियो । घरबाट फोन आएको रैछ । फोन उठाए उताबाट हेलो भनेको सुनियो त्यसपछि केहि आवाज नसुनिएको जस्तो नबुझिने आवाज आयो, कोठामा केहि बेर हेलो हेलो सब्दको आवाज सुनिरहयो मानौ म ठुला ठुला स्वरमा अंग्रेजी सब्दहरु उच्चारण गरिरहेको थिए । त्यस पछी फोन कट्यो । सरकारी नेटवर्कलाइ सराप्न मन लग्यो फेरीपनि मन संभाले आफैभित्र गुम्सायिराखे । एक्काशी कोठाको बिजुली आयो । सियफलको प्रकाश संगै मेरो मस्तिक्छ पनि एकोहोरो भएको भाव भयो. दायाँ बायाँ यत्रतत्र सर्वत्र समस्याको भुमरीमा छु जस्तो लाग्यो. कताबाट सुरु गरुम समस्या सुल्झ्याउँन अत्यन्तै गार्हो होला जस्तो छ बरु एकछिन को लागि भए पनि मस्तिक्छ खालि बनाउछु, सुत्छु बरु फेरी मध्येरातमा नेपाल खानेपानीको बोलावा आउँछ, एकछिनको लागि भए पनि सुकुन गन्छु, कलम बिसाँउछु।

Wednesday, October 12, 2011

Nepali Unicode Converter,Type in Nepali

Nepali Unicode Converter.Type in Nepali

Type the words in Roman characters below to get the Unicode Nepali equivalent of the same. The given application is a simple Nepali Unicode converter which returns Nepali Unicode characters for a given set of Roman characters. I will follow up with detailed usage instructions to type properly in Nepali hereafter.



नेपाली मा टाईप गर्नुश.Convert from Roman to Nepali(Press Ctrl+g to toggle between English and Nepali)