Thursday, December 20, 2012

अमेरिकामा रहेका भुटानी नेपाली


सन् १९९० को दसक तिर बिदेसिको बिल्ला भिडाएर तत्कालिन भुटानी राजतन्त्रले नेपाली मूल भएका लाखौं भुटानिहरुलाइ उनीहरुको मातृभूमिबाट देशनिकाला गरिदियो, सायद मानव इतिहासमा यति ठुलो संख्यामा देश निकाला गरिएको यो पहिलो घटनाक्रम थियो | लाखौं देश निकाला गरिएकामा थिए कतिपए बृद्धहरु, कति बालबच्चाहरु, कति अपाङ्ग त कति महिलाहरु | त्यस पछि सुरु भयो उनीहरुको कठिन जीवन यात्रा, मानवताको नाताले नेपाल सरकारले उनीहरुलाई शरण त दियो तर आफ्नो नागरिक स्वीकार गरेन | पूर्वी नेपालस्थित रिफ्युजी क्याम्पमा बस्न बिवस ती उत्पिडितहरुको जीवन कुनै पनि हर्सौउल्लास बगैर दसकोउ बित्यो तर नत भुटानले उनीहरुलाई फर्काउन मान्यो ननै नेपालले उनीहरुलाई आफ्नो नागरिक स्वीकार गर्यो |

भनिन्छ समय अत्यन्त गतिशील हुन्छ, हिजो जे थियो त्यसको अस्तित्व ढिलो चाडो नस्ट भएरनै जान्छ र अन्तत सुरु हुन्छ परिवर्तन | परिवर्तन यस अर्थमा कि बिगतको कालो बादललाई चिरेर सुखद भबिस्यको आगमन हुन्छ | इतिहास यस परिवर्तनको गवाह हो, जसरि पटक पटक बिस्वयुद्ध भएर ध्वस्त भएको युरोप र जापानको फेरी उदय भयो त्यसरी नै फेरियो जीवन ती शोषित र पिडितहरुको | वास्तबमा बिनास परिवर्तनको सूचक हो, हिन्दु धर्म अनुसार पनि भगवान शिवले पटक पटक संहार गर्छन र त्यस पछि ब्रम्हाले स्रिस्टि | बैज्ञानिक धारणा अनुसार पनि यो ब्रम्हाण्डको स्रिस्टि एउटा ठुलो बिस्पोट बाट भएको हो |

हाल म संयुक्त राज्य अमेरिकास्थित निवाडा प्रान्तको लस वेगासमा अध्ययनको सिलसिलामा छु, यसै सिलसिलामा यहाँ रहेका भुटानी नेपालीहरु संग भेट हुने सन्जोग भयो | हिजो आफ्नो देश बाट ठगिएका ती व्यक्तिहरु आज निकै खुशी देख्छु ,उनीहरुका नानीहरुले संसारकै उत्क्रिस्ट सिक्षा आर्जन गरिरहेका छन्, सरणार्थी सिविरको कस्टकर जीवनबाट अन्तत सुनौलो भबिस्यतिर उन्मुख भएका छन् उनीहरु | यसबाट पनि पुस्टि हुन्छ गीताले भनेका सान्धर्विक कुराहरु "जे हुनु थियो राम्रैका लागि भयो, जे भईरहेको छ राम्रोका लागि भईरहेको छ" अमेरिकामा हजारौको संख्यामा रहेका भुटानी नेपालीहरुको रहनसहन र भाषा नेपालीहरुसंग मिल्ने भएकोले पनि नेपालीहरुसंग उनीहरुको घुलमिल हुने गरेको छ | जुन जेनेरेशन अहिले अमेरिका आइपुगेका छन् ती भबिस्यमा अमेरिकी नागरिक हुनेछन् त्यसपछि निश्चित रुपमा उनीहरुले माग्नेछन उत्तर ती भुटानी सासकहरुबाट जसले उनीहरुको मानबिय अधिकारबाट उनीहरुलाई दसकोउ सम्म कुण्ठित गराइदिए | त्यति बेला त्यो प्रस्न निकै कठोर हुनेछ किन भने त्यतिबेला उनीहरु नेपाली मुलका कमजोर भुटानी नागरिक हैन कानुनी रूपमा अमेरिकी नागरिक हुनेछन | यो प्रस्नको उत्तर हालका भुटानी सासकहरुले सोची राखे उनीहरुको लागि उत्तम हुनेछ |

No comments: